झापा, असार २५ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले मनोमानी गरेको भन्दै संजालका तीन पदाधिकारीसहित ८ जनाले आज सामूहिक राजीनामा दिएका छन् ।

संजालका कार्यवाहक सचिव शीतल अधिकारी, सह–सचिव निरञ्जन मैनाली , कोषाध्यक्ष लक्ष्मी गिरी तथा सदस्यहरु मनिष बराल,भिमकुमारी बस्नेत,सौगात घिमिरे,किस्मिका पोखरेल र लेलिना गौतमले संस्थाको साधारण सदस्य नरहने गरी पदबाट सामूहिक राजीनामा दिएका हुन् ।

संस्थालाई चुस्त दुरुस्त बनाउँदै अगाडि बढाउने सामूहिक चाहनाविपरीत अध्यक्ष मिश्रले सामूहिक रूपबाट छलफल गरिने निर्णयको अभ्यासलाई लत्याएर मनोमानी ढङ्गबाट आफूखुशी निर्णय गरेको ,हालै सम्पन्न बासँग बालबालिका कार्यक्रममा बाल सञ्जाल कार्यसमितिलाई संलग्न नगराएको, कार्यसमितिबाट निर्णय नगरी बासँग बालबालिका कार्यक्रम सञ्चालनका लागि विभिन्न संस्थाहरूसँग आर्थिक तथा भौतिक सम्बन्धहरू स्थापित गर्दै मनोमालिन्य ढङ्गले आर्थिक प्रस्ताव गरेको आरोप लगाइएको छ ।

संस्था सञ्चालनको सामान्य नीति नियम पनि पालना नगरी कार्यसमितिको अधिकारको अपहेलना गरेको अध्यक्ष मिश्रको कार्यशैलीप्रति घोर आपत्ति व्यक्त गर्दै संस्थाभित्र हावी व्यक्तिवादी प्रवृत्तिबाट जन्मिएको असमान र अराजक व्यवहारप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्