झापा, असार २५ । माईखोलामा आएको बाढीले झापा गाउँपालिकाका २५ परिवार विस्थापित भएका छन् ।

माईखोलाको बाढीले वडा नं. १ को मिलन बस्तीका जम्मा ८१ परिवारमध्ये २५ परिवार बिस्थापित भएका हुन् । दिउँसो ४ बजेदेखि हालसम्म २० परिवारका पुरुष,महिला,बालबालिका र वृद्धवृद्धा गरि जम्मा ९२ जना विस्थापित भई वडा नं.१ को सितुमारी मनोज मित्तल प्रा.वि.मा राखिएको छ । बालबालिका २८ र जेष्ठ नागरिक २ गरी गरी ९२ जनाले सो विद्यालयमा आश्रय लिइरहेको वडा नंं १ का वडा अध्यक्ष राजकुमार यादवले जानकारी दिएका छन् । वडा नं १ मा ८१ परिवार डुबानमा परेका छन् ।

त्यस्तै वडा नं २ मा करिव सय परिवार डुबानमा परेका थिए । सुगाबथान , सडकवारी , कुवाडीलगायतका बस्ती डुबानमा परेकोमा अहिले पानी घट्दै गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्