झापा, असार २६ । झापाको खुदुनाबारी– शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेपछि सवारी आवागमन बन्द भएको छ ।

हिजोदेखि परेको अबिरल बर्षाका कारण झापा अर्जुनधारा नगरपालिका वडा नं.७ गढीस्थित खुदुनाबारी– शनिश्चरे भित्री सडकखण्ड जोड्ने बिरिङ खोलाको पुल चर्किएर क्षति पुगेको हो ।

उक्त पुलमा सवारी आवागमन बन्द गरिएको र डाइभर्सन गरी बैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्