झापा,असार २६ । पाँचथरको हिलिहाङ १ स्थित निर्माणाधिन काबेली हाईड्रोपावर ए को सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाको ढिस्को खस्दा चारजना कामदार घाइते भएका छन् ।त्यसमध्ये दुईजनाको अबस्था गंभीर रहेको छ ।


हिजो साँझ ७.३० बजे पाँचथर हिलिहाङ १ स्थित निर्माणाधिन काबेली हाईड्रोपावर ए को सुरुङभित्र काम गर्ने क्रममा अचानक सुरुङको माथिल्लो भागबाट ढुङ्गाको ढिस्को खसेको थियो । घाइते हुनेहरुमा इलाम माङसेबुङ ६ बस्ने ३१ वर्षीय दिपेन राई, दैलेख गुराँस ३ पाँबिकान्ला बस्ने २५ वर्षीय गोविन्द बुढा, ताप्लेजुङ आठराई त्रिवेणी २ ओडारे बस्ने २३ वर्षीय सुधिर थाम्देन लिम्बू र ओखलढुङ्गा चिसुखुगढी ३ बस्ने २९ वर्षीय चन्द्रबहादुर मगर रहेका छन् । घाइते कामदारहरूलाई उपचारको लागि राति नै जिल्ला अस्पताल पाँचथरमा ल्याइएको थियो ।

यसैबीच इलाम माङसेबुङ ६ बस्ने दिपेन राई र दैलेख गुराँस ३ पाँबिकान्ला बस्ने गोविन्द बुढालाई थप उपचारको लागि आज बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्