झापा, असार २६ । चालुु आर्थिक वर्षको ११ महिनामा साढे पाँच हजार ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म स्वदेशी र विदेशी गरी पाँच हजार ४९४ ट्रेड मार्क दर्ता भएका हुुन् । जेठ महिनामा मात्र ४२३ वटा ट्रेडमार्क दर्ता भएका हुुन् ।

कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार, वा शब्दलाई ट्रेडमार्क भनिन्छ । पुराना फाइल किलियर भएकाले पनि धेरै संख्यामा यो वर्ष दर्ता भएको विभागले जनाएको छ ।

विभागले वस्तुु तथा सेवामा ट्रेडमार्क जारी गर्छ । ११ महिनामा ८९ वटा ट्रेडमार्कसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । जेठ महिनामा मात्र ३३ वटा ट्रेडमार्कसम्बन्धी मुुद्दामा कारबाही गरिएको विभागले जनाएको छ । व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको, धेरै उद्योगका एउटै ट्रेडमार्क परेको आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ । पेटेन्ड डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता भई सञ्चालन हुने गर्छ ।

प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नु पर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।

ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरिबाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुरा सरकारले जफत गर्ने कानुनी प्रावधान छ ।

यस्तै ११ महिनामा दुुई वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएको विभागले जनाएको छ । ४५ वटा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्