झापा, असार २६ । गौरीगञ्ज ४ आल्तामारीको कदमगाछस्थित नेपाल– भारत सीमाको दशगजादेखि पारीपट्टि गेउरिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

दशगजादेखि करिव १५० मिटर पारीपट्टि भारतको किसनगंज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अबस्थामा एक व्यक्तिको शव आज दिउँसो ३ बजे फेला परेको हो ।

उक्त शव भारत किसनगंज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको बताइएको छ । गत आइतवार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए । नेपाल– भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपता भएकाले सीमापारि नै शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्