झापा, असार २६ । सडकको नालीमा खसेर झापा बाह्रदशी गाउँपालिका वडा नं ५ का वडा सदस्य जयप्रसाद तिम्सिना घाइते भएका छन् ।

हिजो दिउँसो अन्दाजी ४ः१५ बजेको समयमा झापा चोकबाट चन्द्रगढीतर्फ जाँदै गर्दा भद्रपुर ६ स्थित संगम चोकमा तिम्सिना चढेको प्रदेश १–०१–०१३ प ६७५४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा पसेर दुर्घटना भएको हो ।

अन्दाजी ४५ वर्षीय तिम्सिनाको नाक, टाउको र छातीमा चोट लागेको छ । घाइते तिम्सिनाको ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ । वैवाहिक कार्यक्रममा सहभागी भई घर फर्कने क्रममा उनी दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्