झापा, असार २६ । बिराटनगर महानगरपालिका– ९ बसपार्कस्थित कोशी लोकमार्गमा बस कुदाउँदा कुदाउँदै चालकको मृत्यु भएको छ ।

आज दिउँसो ४ बजे कोशी लोकमार्गमा महेन्द्र चोकबाट रानीतर्फ जाँदै गरेको को १ ख ४३६१ नं. को बसको चालक विराटनगर–३ बस्ने ३१ वर्षीय अभिशेख भुजेलको त्यसरी अचानक मृत्यु भएको हो ।

गाडी चलाइरहेको अवस्थामा अचानक स्वास्थ्यमा असहज भई गाडी रोकी उपचारको लागि सप्तकोशी अस्पताल बिराटनगर लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका बारेमा वडा प्रहरी कार्यालय बिराटनगरबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्