फिदिम, असार २७ गते । फिदिम नगरपालिकाका पूर्व मेयर ओनाहाङ नेम्वाङको निधन भएको छ । ८१ वर्षीय मेयरको विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार बिहान ९ बजे निधन भएको हो ।

नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । रक्तचाप र मधुमेहसम्बन्धी समस्याका कारण केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई उपचारका क्रममा विराटनगर लगिएको थियो । स्वास्थ्यकर्मीका अनुसार उनको मिर्गौलामा समेत समस्या आएको थियो ।

फिदिम २०७१ सालमा नगरपालिका घोषणा भएको हो । नगरपालिका घोषणा भएपछि पहिलो पटक २०७४ सालमा निर्वाचित नेम्वाङ फिदिमको पहिलो मेयर थिए । नेम्वाङको पार्थिव शरीरलाई आज फिदिम ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्