झापा, असार २७ । मोरङको रतुवामाई नगरपालिका– १० स्थित कट्नु नहरको पानीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

कालो सर्ट, सेतो हाफपाईन्ट लगाएको हेर्दा तराईवासीजस्तो देखिने तत्काल नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष ४०–४१ को पुरुष मृत अवस्थामा फेला परेको हो । घोप्टो परेर डुबेको मृतकलाई देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी इटहराबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट टोली खटिगई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्