झापा,असार २९ । झापा जिल्लामा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ ।

असार ३ गतेबाट शुरु भई हिजो असार २८ गतेसम्म ५९.६ प्रतिशत रोपाइँ भएको हो । झापामा कृषियोग्य जमिनमध्ये ७५ हजार ४५९ हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।

कोशी प्रदेशमा भने हिजोसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्