झापा, असार ३० । झापामा एकैरात तीनजनाले विष सेवन गरेका छन् ।

अर्जुनधारा ७ का पुरुष , गौरादह ९ की महिला र ताप्लेजुङ आठराई बस्ने अर्का पुरुषले विष सेवन गरेका हुन् । तीनैजनाले बालीनालीमा प्रयोग गर्ने विषादि खाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीनैजनाको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको उनले बताए ।