झापा, असार ३० । झापाको बुद्धशान्तिमा २११औं भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमका बिच स्रष्टा राम आचार्य ‘पुष्पप्रेमी’को कविता संग्रह विमोचन भएको छ।

एसएलसी २०४० समूहका संयोजक राम आचार्य अध्यक्ष रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं तथा साहित्यकार पुरुषोत्तम सिग्देलले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका थिए । उक्त कविता संग्रहमा १४५ वटा कविताहरु रहेका छन् । बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईं प्रमुख अतिथि रहेको कार्यक्रममा बुद्ध आदर्श माध्यमिक विद्यालयका पूर्व शिक्षकहरु पुरुषोत्तम सिग्देल, केदार कोइराला, भिमप्रसाद निरौला, देवेन्द्र अधिकारी , टिकाराम पोखरेल, महेन्द्र संग्रौला, मञ्जुला खतिवडा, जयनारायण नेउपानेलाई सम्मानपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो।

एसएलसी २०४० समूहका पूर्व बिद्यार्थीको आयोजना रहेको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कविताहरु वाचन गरिएका थिए। विद्यालयका पूर्व प्रधानाध्यापक एवम् साहित्यकार पुरुषोत्तम सिग्देल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी, शिक्षक तथा विमोचित पुस्तकका सम्पादक बालकृष्ण दाहाल, वर्तमान प्रधानाध्यापक कृष्णराज भण्डारी , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सम्बोधन रहेको कार्यक्रममा २०४० एसएलसीका प्रथम विद्यार्थी तोया मैनालीले स्वागत गरेका थिए ।

उक्त समूहका विद्यार्थीहरुद्वारा निर्माण गरिएको स्टेज÷ चौतारी विद्यालयलाई हस्तान्तरण गरिएको कार्यक्रममा पुस्तकको समीक्षा लेखक तुलसीराम खरेलले गरेका थिए भने सञ्चालन पुष्प काफ्लेले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्