झापा, असार ३० । झापाको कनकाई नगरपालिका वडा नं १ र २ मा रहेका जामुनवारी र प्रजापति सामुदायिक वनमा बृहत् वृक्षरोपण गरिएको छ ।


लायन्स क्लव अफ कनकाई दुर्गापुरको आयोजनामा त्यहाँका दुईवटा सामुदायिक वनमा बृहत वृक्षरोपण गरिएको हो ।
लायन्स क्लव अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालको अध्यक्षतामा भएको बृहत वृक्षरोपणको शुभारम्भ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गरे ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक फस्ट गभर्नर बबरजंग थापा, जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरीलगायतकोे उपस्थिति रहेको थियो । वन क्षेत्रको खाली ठाउँहरुमा विभिन्न किसिमका वनस्पति र फलफुलका बिरुवा रोपिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्