झापा , असार ३० । कोशी नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छन् ।

आज दिउँसो अन्दाजी २ः३० बजेको समयमा सुनसरीको बराहक्षेत्र –६ बोरा बाँधस्थित कोशी नदीमा बराहक्षेत्र एक्राही बस्ने बर्ष अन्दाजी १५ की मनिषा नेपाली हात–खुट्टा धुन जाने क्रममा चिप्लेर कोशी नदीमा खसेकी थिइन् । नदीले बगाई बेपत्ता किशोरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्