झापा,साउन १ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएसँगै मूल्य वृद्धि गरेको जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको जनाएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५९ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्