झापा, साउन २ । कोशी प्रदेश प्रहरी कार्यालयको ‘टु टन’ गाडी आज साँझ पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन् ।


बा १ ग २५५९ नम्बरको प्रहरी टु टेन गाडी विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको थियो । घाइते प्रहरीलाई उपचारार्थ विराटनगरस्थित कोशी अस्पताल र न्युरो हस्पिटलमा पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।

घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर छ । मुस्लिम समुदायको मोहर्रम पर्वको सुरक्षाका लागि गएको गाडी एक बालकलाई जोगाउने क्रममा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्