झापा,असार ३ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने बताएको छ । धर्मेन्द्र बास्तोलाको नेतृत्वमा सो पार्टीबाट अलग भएको समूहले एकता प्रक्रिया असफल भएकाले नयाँ पार्टी गठन गर्ने बताएको हो ।

संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका थिए । उनले अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा हल्ला मात्र भएको उनले बताए ।

‘वैज्ञानिक समाजवादी पार्टी निर्माण अहिलेको आवश्यकता हो । क्रान्तिकारी पार्टीसँग वैचारिक, सैद्धान्तिक र सांगठानिक रूपमा थुप्रै मतभेद रहे । फेरी पार्टीमा फर्किने भन्ने हुँदैन । नयाँ पार्टी निर्माणमा लाग्नेछौँ । एकता प्रक्रियामा जोडिएका नेकपा बहुमतको सिङ्गै टिम अलग्गिएका छौँ । आगामी योजनाबारे छलफल भइरहेको छ । विप्लवको पार्टीमा जाने भन्ने कुरा वाहियातको हल्ला मात्र हो’, उनले भने ।

बुधबार संयोजक किरणले निर्णय पत्र फिर्ता लिन आग्रह गरेका थिए । तर उनको आग्रह सकारात्मक भएपनि महाधिवेशनमा आफू सहभागी नहुने बताए । पार्टीबाट अलग भएपछि आफ्नै निवास खुमलटारमा उनले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्