झापा,साउन ३ । गत आर्थिक वर्षको ११ महिनामा ५४ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको ११ महिनामा ५१ करोड २१ लाख ६४ हजार रुपैयाँ बराबरको चुरा, टीका र पोते आयात भएको थियो ।

साउनदेखि जेठसम्म ३७ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको विभागले जनाएको छ । भारतबाट मात्रै ३७ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको चुरा र टीका आयात भएको थियो । यस्तै चीनबाट २१ लाख ८० हजार रुपैयाँबराबरको चुरा र टीका आयात भएको हो ।

विभागका अनुसार १७ करोड १३ लाख ३१ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ६२८ किलो पोतेका दाना भएको छ । सबैभन्दा बढी चीनबाट ११ करोड ६८ लाख ७८ हजार रुपैयाँ बराबरको पोते आयात भएको छ । जापानबाट १ करोड ९७ लाख ४४ हजार रुपैयाँ र भारतबाट २ करोड ४६लाख ८६ हजार रुपैयाँ बराबरको पोते आयात भएको हो ।

नेदरल्यान्ड्स, पाकिस्तानलगायत मुलुकबाट पनि नेपालमा पोते आयात हुने गरेको विभागको तथ्यांक छ ।मुलुकमा ११ महिनामा १ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको ६८ हजार ६४३ किलो सिन्दुर आयात गरिएको छ । साउनदेखि जेठसम्म ४ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको १८ हजार ३९३ लिटर नङ पालिस आयात गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्