झापा,साउन ४ । गायिका सुनिता बुढाक्षेत्रीको तिज गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गीतमा सङ्गीतकार कस्तुप पन्तको शब्द र सङ्गीत रहेको छ ।
सार्वजनिक भएको २४ घण्टामा एक लाख ७४ हजारले हेरिसकेको ‘बिजुली चमक्क’ गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सेनाले गरेकी छन् । करण चैसिरको छायाङ्कन र शिव पौडेलको सम्पादन रहेको भिडियोको निर्माण उमङ फिल्मले गरेको हो । भिडियोमा अञ्जली अधिकारीको नृत्य देख्न सकिन्छ ।
चलचित्रको गीत शैलीमा निर्माण गरिएको भिडियोमा कोरसको प्रयोग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्