भद्रपुर, साउन ५ । वैदिक समाज झापा भद्रपुर १० चन्द्रगढीको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजकी अध्यक्ष मिरादेवी पौडेलको अध्यक्षता तथा सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

संस्थाको वार्षिक गतिविधि सचिव द्रोण अधिकारीले प्रस्तुत गर्दै समाज परिवर्तनका लागि सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तर अगाडि बढाउने कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजु बराल, रेवतीराज घिमिरे, अनुप बस्नेतलगायतले मन्तव्य राख्दै संस्थाको मूल उद्देश्यसित गाँसिएको प्राचीन ग्रन्थ वेदको अध्ययन अध्यापन कार्य निरन्तर अगाडि बढाउनु पर्ने धारणा राखेका थिए ।

झापाको सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर २०६२ साल साउन १ गते साविकको चन्द्रगढी ६ मा कार्यालय रहने गरी स्थापना भएको संस्थालाई २०६६ सालमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरिएको हो ।

धर्म र परम्पराका नाममा समाजभित्र गाडिएर रहेका रूढीवादबिरूद्ध सशक्त प्रतिकार गर्दै सत्य दर्शन वेदको ज्ञानमा विश्वास गर्नु, गराउनु यस संस्थाको सामाजिक दायित्व रहेको जनाइएको छ ।संस्थाले हरेक शनिवार विहान २ घण्टा बालबालिकालाई वेद विद्याको अध्ययन गराउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्