झापा,साउन ५ । झापा र मोरङको विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टाचौकबाट मेचीनगर नगरपालिका ७ का २९ वर्षिय अमर रिमाललाई २ ग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङको सुनबर्षी नगरपालिका ६ बालुवारीमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीया मधुदेवी मेहतालाई ३ किलोग्राम ७९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।

लागूऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्