झापा, साउन ५ । मोरङको उर्लावारीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो ३.३० बजे उर्लाबारी –४ बक्राहास्थित पूर्वपश्चिम राजमार्गमा मे.१ ख.२३६३ नम्वरको बसले बाटो काट्दै गरेका पैदलयात्री उर्लाबारी २ सुनझोडा बस्ने ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएर घाइते बनाएको थियो । टाउको र पछाडीको भागमा चोट लागेर गम्भीर घाइते भई उपचारको लागि अरनिको अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ५.२० बजे अस्पताल ल्याई पु¥याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि बस र बस चालक झापा मेचीनगर ६ बस्ने ४५ वर्षीय उद्धवकुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्