मेचीनगर, साउन ५ । कोशी प्रदेशका खानेपानी,सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले संघीय सरकार फेरबदल भएकाले त्यसको असर प्रत्येक प्रदेशमा समेत पर्ने बताएका छन् ।

शनिबार झापाको एउटा टेलिभिजनलाई अन्तरवार्ता दिदैँ मन्त्री कार्कीले संघीय सरकारभित्र भूकम्प गएकाले त्यसको परकम्प प्रदेश सरकारमा जानुलाई नौलो मान्न नहुने बताए । उनले कोशी प्रदेश सरकारसमेत फेरबदल हुने स्पष्ट पारे । ‘संघमा सत्ता परिवर्तन हुँदा तल प्रदेशमा त्यसको असर पर्छ’ मन्त्री कार्कीले भने,‘संघमा सत्ता–समीकरण फेरिएकाले प्रदेशमा पनि फेरिन्छ ।’

उनले सन् २०३० सम्ममा शुद्ध , सफा अनि स्वच्छ खानेपानी सवै क्षेत्रमा पुर्याउने लक्ष्य भएकाले यो लक्ष्य पुरा गर्न संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए । त्यसका लागि सवै सरकारहरु आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनले जोड दिए । कोशी प्रदेश सरकारको पहिलो प्राथमिकतामा शुद्ध र स्वच्छ खानेपानी रहेको भन्दैं मन्त्री कार्कीले हरेक जनतालाई यो सुविधाबाट बञ्चित नगराउन खानेपानीमा बजेट विनियोजन भइसकेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्