सोलुखुम्बु, साउन ६ । धारिलो हतियार प्रहार गरी भिनाजुको हत्या गर्ने सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ देवीस्थानका ४५ बर्षीय पूर्णबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले हिजो साँझ ५ बजे आफ्नो घरमा पाहुना आएका भिनाजु ६० बर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटनाका बारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल सुरक्षाको लागि बिमानस्थल सुरक्षा गार्ड काँगेल र प्रहरी चौकी नेलेबाट प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने बस्नेतलाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्