झापा , साउन ६ । आज दिउँसो मोरङको बेलबारीमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

दिउँसो १.१० बजे बेलबारी नगरपालिका–४ स्थित लिम्बू चोक बस्ने सन्तोष कार्कीकी १० वर्षीया छोरी भूमिकालाई आफ्नै घरको कोठाभित्र कपडा पट्याउने क्रममा अचानक गोमन सर्पले डसेको थियो ।

गम्भीर घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्