झापा, साउन ६ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पीआइटीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहान पौने ५ बजे सुनसरीको इटहरी उप–महानगरपालिका–१ बाट बा १५ प ७१४ नम्बरको कारमा धरानबाट विराटनगरतर्फ लुकाई छिपाई ल्याउँदै गरेको ८ वटा पोकामा रहेको २०० किलोग्राम तयारी गाँजासहित कार चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३४ बर्षीय दर्शन राईलाई पक्राउ गरेको हो ।
बरामद गाँजासहित पक्राउ राईको सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।