झापा, साउन ६ । मोरङको सुनवर्षीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज मध्यान्ह १२ बजे सुनवर्षी नगरपालिका ७ सुकुम्बासी टोल बस्ने श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृतकको शवलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल पठाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्