बिर्तामोड , साउन ६ । झापाको बिर्तामोड २ स्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच सहमति भएको छ ।

आइतबार प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच ६ बुँदे सहमति भएको हो । सहमतिपश्चात् प्रतिष्ठानमा देखिएको गतिरोध अन्त्य भएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए ।

उनीहरुबिच हालसम्म प्रशिक्षक तथा कर्मचारीले असार मसान्तसम्म पाउनुपर्ने भुक्तानी साउन १६ गतेसम्म भुक्तानी दिने, प्रतिष्ठान र प्रशिक्षक कर्मचारीबिच गत जेठ ८ र २७ गते भएको सम्झौता बिनाशर्त पूर्णरुपमा कार्यान्वयन गर्ने, प्रशिक्षक तथा कर्मचारीहरुले प्रतिष्ठानको आचारसंहिताभित्र रहि नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नेलगायत सहमति भएको हो । सहमतिपत्रमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष दर्लामी र सहसचिव शिवकुमार राजभण्डारी तथा प्रशिक्षक÷कर्मचारीका तर्फबाट नविनकिशोर विमली, सुधिरकुमार दास र पवनकुमार भट्टराईलगायतले हस्ताक्षर गरेका छन् ।

पाँच महिनादेखिको तलब नपाएपछि प्रशिक्षक र कर्मचारीहरुले प्रतिष्ठानको प्रशासनिक भवनमा साउन १ गते तालाबन्दी गरी निरन्तर आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्