शिवसताक्षी,साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसका अवसरमा झापाको सताक्षीधाममा वृक्षरोपण गरिएको छ ।

नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीको आयोजनामा पौराणिक कथासँग जोडिएको धार्मिक तथा पर्यटकीय ऐतिहासिक स्थल चिल्लागढ पोखरी धाम परिसरमा बिरुवा रोपिएको हो ।
नेकपा एमाले शिवसताक्षी नगर कमिटीका अनुसार विभिन्न प्रजातिका फूल तथा छाँयादार रुखका करिब २०० बिरुवा रोपिएको हो।

नेकपा एमाले शिवसताक्षी नगर कमिटीका अध्यक्ष मेंदनी दंगालका अनुसार पार्टीले वृक्षरोपणसँगै यसको संरक्षण पनि गर्ने छ । ‘कतिपय ठाउँमा वृक्षरोपण हुन्छ तर त्यसको संरक्षणमा चुनौती देखिन्छ,’ नेकपा एमालेका शिवसताक्षी नगर अध्यक्ष दंगालले भने, ‘नेकपा एमालेले रोपेको बिरुवाको संरक्षण पार्टीले नै गर्छ।’
कार्यक्रमका वक्ताले कम्युनिष्ट पार्टी निर्माणमा पुष्पलाल श्रेष्ठले गरेको योगदानको चर्चा गरे । श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना र आन्दोलनमा श्रेष्ठको भूमिका अतुलनीय रहेको नेकपा एमाले वडा नम्बर ९ का अध्यक्ष लोकनाथ खनालले बताए । नेकपा एमालेका नगर अध्यक्ष मेदानी दंगालको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश कमिटी सदस्य भरत इन्दिरा बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। पार्टीका जिल्ला सदस्य धनबहादुर थेवे ,मेघाहाङ थोप्रालगायतको उपस्थिति थियो।

वृक्षरोपण कार्यक्रममा हर्रो, अमला, बेलपत्र, गुलमोहर, आँप, अम्बालगायतका विरुवा रोपिएका हुन् । वडा कमिटी अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको सम्झनामा वृक्षरोपण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमको संयोजन पनि वडा कमिटीले नै गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्