झापा,साउन ७ । आर्थिक वर्ष २०८०÷८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८÷७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्