झापा,साउन ७ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रूपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि वृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रूपमा पनि लिइन्छ ।

विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रूपान्तर भएसँगै अश्लीलता पनि भित्रिएको छ । त्यसैले कतिपयले यसलाई आलोचना समेत गरिरहेका छन् । यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ ल्याएका छन् ।

दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको सङ्गीत संयोजन छ । कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायाङ्कन भएको हो ।

भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र विकास घले गुरुङको अभिनय छ । स्थानीय कलाकार कार्लईस गुरुङको अलवा आमा समूह र ईन्ट्र फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।

भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गरेका हुन् । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुन् । गीत रेड ओसिएन नामक युट्युबबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्