झापा,साउन ८ । गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।
२०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त संख्यामा एनओसी जारी भएको हो ।

नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि एक लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ ।

त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् ।

त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् ।

त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्