झापा , साउन ८ । मोरङको बेलवारी नगरपालिका–७ हल्दिबारीमा ५१ बर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्