झापा, साउन ८ । सन् २०२४ को नोभेम्बर २१ देखि ३० तारिखसम्म थाइल्यान्डको बैंकक शहरमा हुन गइरहेको एशियन खेलका लागि कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक रतिया राजवंशीको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा शरददर्शन धारी र लोकबहादुर विष्ट रहेका छन् । अखिल नेपाल कवड्डी संघका महासचिव अरविन्दकुमार झाले सो जानकारी दिएका छन् । थाइल्यान्डको बैंकक शहरमा छैठौं एशियन इण्डोर एण्ड मार्शल आर्टस् गेम्स हुन गइरहेको हो । त्यसअन्तर्गत महिला कवड्डी खेल समावेश गरिएको छ ।

हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहेका राजवंशी अखिल नेपाल कबड्डी संघका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुन् । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक राष्ट्रिय कबड्डी टोलीले दिलाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्