मेचीनगर, साउन ८ । पूर्वी नाका काँकडभिट्टा हुँदै आज पनि ९७ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् ।

बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिसकेपनि आन्दोलन जारी रहेका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम रोकिएको छैन ।

आज काँकडभिट्टा नाका हुँदै ९७ जना नेपाली विद्यार्थीहरु फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । त्यहाँको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेज गरेपनि आन्दोलन नरोकिएकाले असुरक्षा महसुस गरी नेपाली विद्यार्थीहरु फर्किरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए ।

काँकडभिट्टा नाका हुँदै ९२० जना विद्यार्थी स्वदेश फर्किसकेका छन् । त्यसबाहेक हवाई मार्गबाट पनि धेरै विद्यार्थीहरु स्वदेश फर्किएका छन् । बंगलादेशमा अध्ययन गर्न ३ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु गएकोमा आधाजति फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्