झापा , साउन ९ । त्रिभुवन विमानस्थलनजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका छन्।उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन्।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पु¥याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । आज विहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागिपरेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्