झापा, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए। उनले भने,‘२२ जनाको बडी संकलन गरिएको छ। यात्रु वा कर्मचारी को हुन् यकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’२२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनको भनाई छ । प्रवक्ता पाण्डेले शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए । 

यसैबीच सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताए । यसबाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।

दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । जसमा मृतकहरु १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने बताइएको छ ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमितमान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन्  ।

जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज आज बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्