झापा, साउन ९ । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक इलाम माई नगरपालिका ३ घर भई अर्जुनधारा १ सिस्नेस्थित दिदीभेनाको घरमा बस्दै आएका अन्दाजी ४०–४५ वर्षका टीकाबहादुर लावती भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।उनी बिगतदेखि जण्डिस सम्बन्धी विरामी र मानसिक अबस्था ठिक नभएको भन्ने बुझिएको छ । लावतीलाई विहान सवेरै हातमा चप्पल बोकेर हिड्दै गरेको स्थानीयले देखेका थिए । विरामीले छोपेपछि उनी धान खेतमा घोप्टो परेर लडेको र खेतको छिपछिपे पानीमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनकी श्रीमती वैदेशिक रोजगारीका लागि कुवेत गएकी छन् । दुई छोरीमध्ये एकजना कुवेत र अर्की काठमाडौमा रहेको जनाइएको छ । छोरा भने उनीसंगै रहेका थिए । लावतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्