झापा,साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये एक जना सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोख्रेलका भाञ्जा आश्विन निरौला रहेको थाहा भएको छ ।

पारिवारिक स्रोतका अनुसार आश्विन निरौला एरोनोटिकल इन्जिनियर थिए । जहाजलाई मर्मतका लागि पोखरा लैजाने क्रममा काठमाडौँबाट उड्नेबित्तिकै आज बिहान ११ बजेर ११ मिनटमा दुर्घटना भएको थियो ।

भद्रपुर निवासी अध्यक्ष पोख्रेलका पाँचजना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाको एक मात्र छोरा थिए इन्जिनियर आश्विन ।

एरोनोटिकल इन्जिनियरिङको अध्ययन पूरा गरेपछि उनी सौर्य एयरलाइन्समा सुरुदेखि नै कार्यरत थिए ।
हाल एयरलाइन्सका अध्यक्ष पोख्रेल त्रिभुवन विमानस्थलको घटनास्थलमा छन् भने दिवंगत इन्जिनियर अश्विन निरौलाका बुवा र आमा अस्ट्रेलियामा छन् ।

घटनाको खबर थाहा पाउनेबित्तिकै उनका बुवा र आमा नेपाल फर्किने क्रमममा रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्