झापा , साउन १० । मोटरसाइकलको हेलमेटभित्र ब्राउनसुगर लुकाएर ल्याउने कमल गाउँपालिका वडा नं.४ बस्ने ४१ वर्षीय धनबहादुर लिम्बू पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बा.५३ प.१२४५ नम्बरको मोटरसाइकल चालक लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी हेलमेटभित्र लुकाएर राखेको प्लाष्टिकसहित २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

लिम्बूलाई नेपाली नगद १० हजार र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्