झापा , साउन १० । झापाको मेचीनगरमा अटो र मोटरसाइकल एकापसका ठोक्किदा पाँचजना घाइते भएका छन् ।

आज बिहान ११.४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ च ८५४३ अटो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने २३ वर्षीय अनुराग पोखरेल , पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय मनोज मगर, अटोचालक बुद्धशान्ति २ बस्ने ४२ वर्षीय केशव भण्डारी , अटोमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय इन्द्रप्रसाद रिजाल र ४३ वर्षीय यमबहादुर रिजाल घाइते भएका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्