उदयपुरमा पनि एकजनाको मृत्यु
झापा , साउन १० । झापामा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् ।

पाँचथर घर भई झापाको मेचीनगर नगरपालिका–१२ मा बस्दै आएका ३० बर्षीय सन्दिप तुम्बाम्फोको हिजो साँझ करेन्ट लागेर मृत्यु भएको हो । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका तुम्बाम्फोको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजै राति १० बजे कचनकवल गाउँपालिका–४ केचनाका ललन साहका १५ बर्षीय छोरा बिशाल साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । घरको बरण्डामा रहेको टिनको छानो छँुदा करेन्ट लागेर बेहोस भएको साहलाई प्राथमिक स्वास्थ्य केन्द्र बनियानी पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए ।

त्यस्तै हिजो अपरान्ह उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदालेका २६ बर्षीय राजीवकुमार मगरको आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्