मोरङ, साउन १० । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह(पीआइटी) र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणको बेवारिसे गाँजा बरामद गरेको छ ।


बिहीवार बिहान बिराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१६ नम्बरको भारतीय गाडीलाई शंका लागेर चेकजाँच गर्दा गाडीभित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद भएको थियो ।

बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्