झापा, साउन ११ । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४ सय केजी सुपारी प्रहरीले बरामद गरेको छ ।

गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा नेपालबाट भारततर्फ लाँदै गरेको अन्दाजी २ लाख ८० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको थियो ।

त्यस्तै राति ९.३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको चिनी, चकलेट, बिस्कुटलगायतका किराना सामान बरामद गरेको छ ।सुपारी र किराना सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्