बिर्तामोड, साउन १२ ।क्लासिक टेक इन्टरनेट अवरुद्ध भएको २४ घण्टाभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म सुचारु भएको छैन ।

जसबाट बिर्तामोडका सयौ सेवाग्राही आक्रोशित भएका छन् । क्लासिक टेक इन्टरनेट व्यवस्थित नहँुदा सेवाग्राहीहरु प्रत्यक्ष पीडित भएका हुन् । बिर्तामोडमा करिव ४५सय ग्राहक रहेका छन् । हिजो साँझ ५ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएकोमा अहिलेसम्म सुचारु भएको छैन । एक वर्षको अग्रिम भुक्तानी लिएर क्लासिक टेकले ग्राहकहरुलाई ठगी गरिरहेको छ । हिजो साँझ ५ बजेदेखि इन्टरनेट अवरुद्ध भएकोमा अहिलेसम्म नआएको बिर्तामोड ९ का सेवाग्राही संजय पौडेलले बताए । संचारकर्मीसमेत रहेका पौडेलले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध हुँदा संचारकर्म गर्न नसकिरहेको समस्या सुनाए । ‘नयाँ र राम्रो इन्टरनेट सेवा प्रदायक भनेर जोडियो’ उनले भने,‘ तर, क्लासिक नेट अव्यवस्थित र लथालिङ्ग रहेछ ।’ उनले क्लासिक इन्टरनेट अव्यवस्थितसंगै गैरजिम्मेवार रहेको बताए । इन्टरनेटमा समस्या आउँदा केन्द्रीय कार्यालयमै कम्प्लेन गर्नुपर्ने नियम रहेकोमा त्यहाँ हतपत फोन रिसिभ नहुने गरेको गुनासो गरे ।

‘ पैसा खर्च गरेर पटकपटक काठमाडौंमा फोन गर्यो ’बिर्तामोड ९ की सकुन राजवंशीले भनिन्,‘ तर फोन उठ्दैन ।’ आफ्नो घरमा नेट गएको २४ घण्टाभन्दा बढी भइसक्दा पनि सुन्ने कोही नभएको उनले समस्या सुनाइन् । क्लासिक टेकका बिर्तामोड ब्रान्च मेनेजरलाई दर्जनौ पटक फोन गर्दा पनि रिसिभ नगरेको उनले गुनासो गरिन् । ग्राहकहरुको कम्प्लेन आएपछि क्लासिक टेकका बिर्तामोडका सुमन भट्टराई मोबाइल बन्द गरेर बसेका छन् । यो क्लासिक टेकको चरम गैरजिम्मेवारीपन भएको सकुन राजवंशीको बुझाई छ ।

विद्युत प्राधिकरण कार्यालय अगाडि बिजुलीको पोलमा आगलागी हुँदा सेवा अवरुद्ध भएको क्लासिक टेकले म्यासेजमार्फत जानकारी गराएको छ । तर , अन्य इन्टरनेटहरुले मर्मत गरी तत्काल सुचारु गरिरहँदा क्लासिकले वास्ता नगरेको सेवाग्राहीहरुको गुनासो गरेका छन् । यसअघि पनि क्लासिक टेक इन्टरनेटको सेवा पटक पटक अवरुद्ध हुँदै आएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्