झापा , साउन १३ । लागूऔषध ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।

आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर ७ बस्ने २८ वर्षीय झकबहादुर खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ब्राउनसुगर मेचीनगर ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याइदिनु भनी पठाएका थिए ।

खोजतलास गर्ने क्रममा मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दर्जीलाई समेत नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्