झापा, साउन १३ । भारतले कडाई गरेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो राष्ट्रका पर्यटकहरु खासै नेपाल भित्रिन सकेका छैनन् ।

भारतपट्टिको रानीगंज चेकपोष्ट इमिगे्रसनमा नेपाल भित्रिन चाहने तेस्रो राष्ट्रका पर्यटकहरुका लागि कडाई हुने गरेको छ । आर्थिक वर्ष २०८०–०८१ मा काँकडभिट्टा नाका हुँदै तेस्रो राष्ट्रका ४ हजार १४० जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । एकवर्षमा ९ हजार ४१३ जना भित्रिएकोमा ५ हजार २७३ जना बंगलादेश अध्ययन गर्न गएका नेपाली विद्यार्थी छन् । सबैभन्दा बढी ३ हजार ९४० जना भूटानी काँकडभिट्टा नाका हुँदै भित्रिएका छन् । जुन ९५.१६ प्रतिशत हो ।

आर्थिक वर्ष २०८०–०८१ मा काँकडभिट्टा नाका हुँदै भूटानका ३९४० , अष्ट्रेलियाका २५ , बंगलादेशका २८ , बेल्जियमका ३ , क्यानडाका १७ , जर्मनीका ४ , मलेसियाका १ , नेदरल्यान्डस्का ३, न्युजिल्यान्डका १, फिलिपिन्सका ३, रोमानियाका १२, सिंगापुरका १ , दक्षिण अफ्रिकाका १, दक्षिण कोरियाका ३, श्रीलंकाका १ , स्वीजरल्यान्डका ४, थाइल्यान्डका १, बेलायतका ११ र अमेरिकाका ४८ जना नेपाल प्रवेश गरेका थिए ।

त्यस्तै काँकडभिट्टा नाका हुँदै ८ हजार ३१७ जना बाहिरिएका छन् । जसमध्ये बंगलादेश अध्ययन गर्न जाने ३ हजार ६५३ जना नेपाली विद्यार्थी छन् । बाहिरिने अन्यमा अष्ट्रेलयाका २५ , अष्ट्रियाका १, बंगलादेशका १८ , भूटानका ४ हजार २०० , क्यानडाका २१ , चीनका २, फ्रान्सका १ , जर्मनीका ४ , मलेसियाका १ , नेदरल्यान्डस्का ५ , न्युजिल्यान्डका १ , नाइजेरियाका १ , फिलिपिन्सका १ , रोमानियाका १२ , स्पेनका १ , श्रीलंकाका १ , स्वीजरल्यान्डका ३ , ताइवानका १ , थाइल्यान्डका १ , बेलायतका १० र अमेरिकाका ५३ जना रहेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिने तेस्रो राष्ट्रका पर्यटकहरुको संख्या थोरै बढेको छ । अघिल्लो आर्थिक वर्ष जम्मा ६ हजार ४१६ जना भित्रिएकोमा त्यसमा ४ हजार ४१८ बंगलादेश पढ्न जाने नेपाली विद्यार्थीहरुको संख्या रहेको थियो । त्यस वर्ष भूटानका १ हजार ८६१जना नेपाल भित्रिएका थिए । बाहिरिनेमा ३ हजार २ नेपाली विद्यार्थीसहित ५ हजार १८९ जना रहेका थिए । रानीगंज चेकपोष्ट इमिगे्रसनले भूटानबाहेकका तेस्रो राष्ट्रका पर्यटकहरुलाई काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेशमा कडाई गर्ने गरेको बताइएको छ । जसका कारण उनीहरु यो नाकाबाट कम्ती भित्रिने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्