झापा, साउन १३ । ख्यातिप्राप्त लोकगायक एलपी जोशीको निधनप्रति दमक नगरपालिकाले आज शोक विदा दिएको छ ।


आज दिउँसो १ बजेदेखि नगरपालिकाले शोक विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना जारी गरी आज दिउँसो १ बजेदेखि नगरपालिका कार्यालय , वडा कार्यालयहरु , शैक्षिक संघ संस्थाहरु बन्द रहने जनाएका छन् । ८८ वर्षको उमेरमा बिहीवार राति निधन भएका जोशीको आज कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्