झापा,साउन १३ । नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिएका छन् ।

आइतबार महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७ अङ्क बनाइन् । ४३ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहिन् । छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् ।

यस्तै पौडीको दुई सय मिटर फ्रिस्टायलमा डुवाना लामा हिट चरणबाटै बाहिरिइने । डुवानाले दुई मिनेट २०.४७ सेकेन्डमा दूरी पार गरिन् । आफ्नो हिटमा सातौँ भएकी थिइन् । यससँगै पेरिस ओलम्पिकमा तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा सकिएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्